कोभिड-१९

ग्रान्डी अस्पतालले नयाँ संक्रमितलाई उपचार नगर्ने

इकागज |
बैशाख २९, २०७८ बुधबार १३:३९ बजे

काठमाडौँ : उपत्यकाका ठूला निजी अस्पतालहरू दिन प्रति दिन कोभिड-१९ संक्रमितको उपचार गर्ने जिम्मेवारबाट पन्छिदै गएका छन् । ग्रान्डी अस्पतालले अक्सिजनको संख्या एक सय मात्र भएकाले थप संक्रमितलाई भर्ना गरी उपचार नगर्ने जनाएकाे छ ।

अस्पतालले जारी गरेको सूचनामा थप संक्रमितलाई अक्सिजनको कोटा कम भएकाले नयाँ संक्रमितलाई भर्ना गरी उपचार गर्न नसक्ने उल्लेख छ । अस्पतालले चाहे अनुसार संक्रमितलाई भर्ना गरी उपचार गर्न नसक्ने पनि जनाएको छ ।  अक्सिजनको मात्रा बढेमा थप संक्रिमितको उपचार गरिने बताइएको छ ।


यसअघि काठमाडौँकै मेडिकेयर अस्पताल, नेपाल-भारत मैत्री अस्पताल, दिर्घायु गुरु अस्पताल एण्ड रिर्सच सेन्टर, हेल्पिङ ह्ययान्डस, नेपाल मेडिकल कलेज र भक्तपुरको मध्यपुर अस्पतालले संक्रमितको पनि उपचार नगर्ने जनाइसकेका छन् ।


Author

थप समाचार
x