कोभिड-१९

नेपाली सेनाले ४ हजार ६८२ संक्रमितको शव व्यवस्थापन गर्‍यो

इकागज |
बैशाख २९, २०७८ बुधबार १५:५२ बजे

काठमाडौँ : नेपाली सेनाले चार हजार ६ सय सय ८२ कोभिड संक्रमितको शव व्यवस्थापन गरेको छ । सबैभन्दा बढी मध्य पश्‍चिम पृतनाले ५ सय २५ संक्रमितको शव व्यवस्थापन गरेको छ ।

पूर्वी पृतना ५ सय ६, मध्य पृतना ३ सय ५९ , उत्तर पश्‍चिम पृतना २ सय ६८, पश्‍चिम पृतना २ सय ९१, सुदुर पश्‍चिम पृतना २ सय ४ र मध्य पूर्वी पृतनाले १ सय ७९ संक्रमितको शव व्यवस्थाप गरेको छ । वैशाख १ गतेदेखि २८ गते सम्म देशभरका पृतनाले २ हजार ३ सय ३२ संक्रमितको शव व्यवस्थापन गरेको हो  ।


नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरेका छन् । 'आफू पनि जोगियौ र अरुलाई पनि जोगाऔ,' उनले भनेका छन् ।

त्यसैगरी , उपत्यका पृतनाले वैशाख २८ गते सम्म २ हजार ३ सय ५० शवको व्यवस्थापन गरेको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म चार हजार ८४ संक्रमितको मृत्यु भएको छ ।

 


Author

थप समाचार
x