कोभिड-१९

राष्ट्रपतिलाई चिकित्सकहरूको आग्रह: राजनीतिक जोडघटाउ छोडेर अभिभावकीय भूमिका निभाउनुस्

इकागज |
बैशाख २९, २०७८ बुधवार १८:६ बजे

काठमाडौँ : नेपाल चिकित्स संघले राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गर्दै कोभिड-१९ को महामारीमा एकजुट भइ लडन आग्रह गरेको छ । बुधबार विज्ञप्‍ति जारी जनताको जीवन जोगाउने,  एकजुट भएर महामारीलाई परास्त गर्न संघले आग्रह गरेको हो । 

संघले राष्ट्रपतिलाई सबै दललाई एक ठाउँमा ल्याउन र महामारीविरुद्ध जुट्न अभिभावकको भूमिका निर्वाह गर्न समेत आग्रह गरेको छ । राज्य सञ्चालनको जिम्मा लिएकाहरूले स्वास्थ्यकर्मी जस्तै आफ्नो जिम्मेवारीबोध गर्दै यो समयमा काम गर्न आग्रह गरेको छ ।


'महामारीमा स्वास्थ्यकर्मीको मनोबल उच्च पार्न, सम्पूर्ण नागरिकहरूको जीवन रक्षाका निमित्त सबैले हातेमालो गर्दै समन्वयात्मक भूमिका निर्वाह गर्नु अपरिहार्य रहेको छ,'विज्ञप्‍तिमा उल्लेख गरिएको छ,' संकटपूर्ण अवस्थामा कोरोना भाइरससँग लड्नका लागि सम्पूर्ण नागरिकहरू स्वास्थ्य सैनिकको रुपमा आ-आफ्नो स्थानबाट पहल गर्न आवश्य छ ।'

स्वास्थ्यकर्मीहरू हिम्मत नगुमाइ र आफ्नो कर्तव्य सम्झेर अग्रभागमा काम गरिरहेको र गरिरहने प्रतिबद्धता संघले जाहेर गरेको छ । मुलुकभर 'रेड अलर्ट'  घोषणा गर्न सबैले आफ्नो ठाउँबाट समन्वयकारी भूमिका निभाउन संघले आग्रह गरेको छ । नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण पेशागत संघ संगठनहरू युद्ध मैदानमा होमिएर महामारीलाई परास्त गर्न संघले जारी गरिएको विज्ञप्‍तिमा बताइएको छ ।

 

 

 

 


Author

थप समाचार
x