कोभिड-१९

नेपालमा थपिए ३७ कोरोना संक्रमित

इकागज |
बैशाख ३०, २०८० शनिवार १६:५० बजे

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४७ जनामा पीसीआर परीक्षण गर्दा ११ जना र दुई हजार १६७ जनामा एन्टिजेन परीक्षण गर्दा २६ जना गरी ३७ जनामा कोरोना पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको मृत्यु भएको छैन । सोही समयमा १४ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १२६ रहेको छ ।


Author

थप समाचार
x