कोभिड-१९

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

इकागज |
बैशाख ३०, २०७८ बिहिवार १९:११ बजे

काठमाडौँ : कोरोना भाइरस संक्रमणबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको बिहीबार निधन भएको छ । संघका महासचिव सुजित श्रेष्ठका अनुसार गैरे कोभिड–१९ संक्रमित भइ काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचाररत थिए । उनलाई श्वासप्रश्वासमा जटिल समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिदैं थियो ।

उनको साँझ ५ः५० मा निधन भएको हो । । उनी मंसीरमा भएको नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिको निर्वाचनमा कार्यकारिणी सदस्यमा समेत निर्वाचित भएका थिए ।



Author

थप समाचार
x