कोभिड-१९

गुल्मीका कोभिड संक्रमितको बुटवलमा मृत्यु

इकागज |
मंसिर ४, २०७७ बिहीबार १२:४९ बजे

बुटवल : बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत गुल्मीका एक कोभिड-१९ संक्रमित पुरुषको मृत्यु भएको छ । गत कार्तिक २३ गते कोभिड पोजेटिभ देखिएर सोहि दिन अस्पताल भर्ना भएका गुल्मी सत्यवती गाउँपालिका-६ का ६२ वर्षीय पुरुषको उपचारका क्रममा मध्य राती १२:४५ बजे मृत्यु भएको हो ।

संक्रमण पुष्टि भएकै दिनबाट कोभिड बिशेष अस्पतालमा भर्ना भई उपचाररत उनको मध्य राती मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा .विष्णु गौतमले जानकारी दिए ।



Author

थप समाचार
x