कोभिड-१९

होम आइसोलेसनमा बसेका संक्रमितले यसरी लिनुहोस् अक्सिजन

इकागज |
बैशाख ३१, २०७८ शुक्रवार ११:३२ बजे

फाइल तस्बिर

काठमाडौँ :  दोस्रो चरणमा देखिएको कोभिड संक्रमितलाई सबैभन्दा बढी अक्सिजनको जरुरी परिरहेको छ । घरमा बसी उपचार गर्नेदेखि अस्पतालमा बसी उपचार गरिरहेकालाई शरीरमा अक्सिजनको कमी भएपछि खाँचो भएको हो ।

संक्रमितका लागि अस्पतालमा अक्सिजनको अभाव छ । अक्सिजनको सिलिण्डर बोकी संक्रमितका आफन्त आफै अक्सिजन उद्योग सम्म पुग्ने गरेका छन् ।


स्वास्थ्य मन्त्रालयका अनुसार ९६ हजार भन्दा बढी संक्रमितहरू होम आइसोलेसनमा बसी उपचार गरिरहेका छन् । घरमा बसेका संक्रमितलाई अक्सिजनको अभाव भइ आफैँ लगाउने गरेको पाइएको छ । चिकित्सकले जथाभावी अक्सिजनको प्रयोग नगर्न सुझाव दिएका छन्  ।

कोभिड संक्रमितको शरीरमा ९० प्रतिशत अक्सिजन भए पुग्छ । नाकमा १ मिनेटमा तीन लिटर अक्सिजन राख्‍नु । फेस्क मास्कमा एक मिनेटमा ५ लिटर अक्सिजन राख्‍नु ।

श्‍वास लिन नमिल्ने मास्कमा १ मिनेट बराबार १४ लिटर भन्दा बढी अक्सिजन नराख्‍नु । शरीरमा अक्सिजनको लेभल ९० प्रतिशत भन्दा कम छ भने प्रति मिनेट १ लिटर अक्सिजन बढाउनु । ९० प्रतिशत भन्दा बढी छ भने प्रति मिनेट १ लिटर घटाउँदै जानु ।

सधैँभरी नाकमाथि,  श्‍वासप्रश्‍वास गर्न नमिल्दा सधैँभरी सर्जिकल मास्क प्रयोग गरौ । खाना खाँदा र शौचालय जाँदा फ्लो मिटर पूर्ण रुपमा बन्द गरौ । सकेसम्म घोप्टो परेर सुतौ यसले शरीरमा अक्सिजनको मात्रा बढाउँछ ।


Author

थप समाचार
x