कोभिड-१९

कोभिड-१९ को निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गरिने

इकागज |
मंसिर ४, २०७७ बिहीबार १६:९ बजे

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को परीक्षण तथा उपचार निःशुल्क नगर्ने सरकारी अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयले बुधबार सूचना जारी गर्दै कोभिडको निःशुल्क उपचार नगर्ने सरकारी अस्पताललाई कारबाही गर्ने बताएको हो ।  

केही समयअघि मन्त्रालयले सरकारी अस्पताललाई निःशुल्क उपचार गर्न सूचना जारी गरेको थियो । तर, अस्पतालहरुले निशुल्क उपचार नगरेको गुनासो आएपछि मन्त्रालयले पुनः सूचना निकालेर कारबाहीको चेतावनी दिएको हो । 


निःशुल्क उपचार गराउने अस्पताललाई शोधभर्ना रकम उपलब्ध गराउने मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले निकालेको सूचनामा उल्लेख छ । 

कोभिड बिमा गरेकाको हकमा उपचार खर्च बिमाबाट काटिने मन्त्रालयले जनाएको छ । उपचारवापतको खर्च थेग्‍‍न सक्नेले सरकारलाई उपचार गर्ने रकमको योगदान गर्न सक्ने पनि अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ । 


Author

थप समाचार
x