कोभिड-१९

२४ घण्टामा ५४५५ संक्रमणमुक्त, १८७ को मृत्यु

इकागज |
जेठ १, २०७८ शनिवार १७:५९ बजे

काठमाडौँ : पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ५५ जना कोभिड संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ३ लाख ३३ हजार १ सय ८ जना संक्रमणमुक्त भइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१८ हजार ५ सय ४८ जनाको कोभिड-१९ परीक्षण गर्दा ८ हजार १ सय ६७ जनामा संक्रमण देखिएको छ । हालसम्म ४ लाख ४७ हजार ७ सय ४ जनामा संक्रमण देखिइसकेको छ ।


मुलुकभर सक्रिय संक्रमित १ लाख ९ हजार ७ सय ४० जना छन्  । त्यसैगरी १ सय ८७ जनाको मृत्यु भएको छ । हालसम्म ४ हजार ८ सय ५६ संक्रमितको मृत्यु भइसकेको मन्छत्रालयले जनाएको छ ।


Author

थप समाचार
x