कोभिड-१९

पूर्वराजा ज्ञानेन्द्रले स्वास्थ्यकर्मीलाई दिए धन्यवाद

इकागज |
जेठ १, २०७८ शनिबार १९:२२ बजे

काठमाडौँ :  पूर्वराजा ज्ञानेन्द्र शाहले सदस्यले आफूलाई उपचार गर्ने स्वास्थ्यकर्मीलाई धन्यावाद दिएका छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा १९ दिनको उपचारपछि कोभिड-१९ संक्रमणमुक्त भई पूर्वराजा ज्ञानेन्द्र बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए ।

दुई दिनपछि बैशाख ३१ गते पूर्वरानी कोमल शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह डिस्चार्ज भएका थिए । उनीहरू कोभिड-१९ देखिएकाले गत वैशाख ११ गते अस्पताल भर्ना भएका थिए ।


महामारीका कारण आफूहरू नर्भिक अस्पतालमा रहँदा हरदम सेवामा जुट्ने डाक्टर, नर्स तथा हमेशा मनोवल उच्च राख्‍न हौसला दिने अन्य सहयोगी व्यक्ति र देशविदेशमा रहेका शुभचिन्तकप्रति उनीहरूले विज्ञप्तिमार्फत आभार व्यक्त गरेका छन् ।

 

 


Author

थप समाचार
x