डा. आचार्यको कोभिड संक्रमणमुक्त भएपछि मृत्यु
काठमाडौँ : डा. आइएल आचार्यको कोभिड-१९ संक्रमणमुक्त भएपछि मृत्यु भएको छ । आज बिहान ४ बजे डा. आचार्यको मृत्यु भएको स्टार अस्पतालका डा. विश्व श्रेष्ठले जानकारी दिए ।
आचार्य दुई हप्ता अघि स्टार अस्पतालमा भर्ना भएका थिए । कोभिड संक्रमणमुक्त भइ नर्मल आइसियूमा उपचार भइरहेको डा. श्रेष्ठले जानकारी दिए । कोभिड रिपोर्ट नेगेटिभ बैशाख २९ गते आएको थियो । उनका अनुसार डा. आचार्य ८३ वर्षका थिए । दीर्घ रोग थाइराइड र युरिक एसीड थियो ।
डा. आचार्य पेट तथा कलेजोसम्बन्धी रोगको उपचारमा कहलिएका थिए । ग्यास्ट्रोइन्टेरोलोजिस्टको रुपमा चिरपरिचित थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया