कोभिड-१९

कोभिड संक्रमण

दुई महिनामा तीन हजार स्वास्थ्यकर्मी संक्रमित

इकागज |
जेठ ६, २०७८ बिहीबार १८:३३ बजे

काठमाडौँ कोभिड-१९ सर्वसाधारण मात्र पिडित भएका छैनन् । कोभिड संक्रमितकै उपचारमा खटिएका स्वास्थ्यकर्मीसमेत यसबाट पीडित भएका छन् । दिनप्रतिदिन संक्रमित थपिएसँगै मृत्यु पनि हुने गरेको छ । भारतीय भेरियन्ट देखिएसँगै स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् भने अधिकांश स्वास्थ्यकर्मीले खोप लगाइसकेका छन् ।

दोस्रो लहरको कोभिड देखिएपछि गत वर्षको चैत महिनादेखि यता मुलुकभर तीन हजार स्वास्थ्यकर्मीमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार दुई महिनामा १० स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ ।


हालसम्म आठ हजार ५ सय ८० स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भइसकेको छ । प्रदेश १ मा १ हजार १ सय, प्रदेश २ मा ४ सय ७८,  बागमतीमा ५ हजार ३ सय ८४, गण्डकी २ सय ७४, लुम्बनीमा सात सय ८९, कर्णालीमा तीन सय ७ र सुदुर पश्‍चिममा २ सय ४८ स्वास्थ्यकर्मीलाई संक्रमित देखिएको छ । हालसम्म हालसम्म २२ स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ ।


Author

थप समाचार
x