कोभिड-१९

बतास फाउण्डेसनद्वारा पोखरामा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग संकलन गर्दै

इकागज |
जेठ ६, २०७८ बिहीबार १९:१७ बजे

काठमाडौँ : बतास फाउण्डेसनले पश्‍चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन प्लान्ट निर्माण गर्न एक करोड ५१ लाख ७ हजार ६ सय ४० रूपैयाँ संकलन गरेको छ । गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल रहेकोले र कोभिड-१९ को संक्रमितलाई अक्सिजनको खाँचो भएपछि अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको हो ।

प्रतिदिन एक सय ५० सिलिण्डर अक्सिज उत्पादन क्षमताको प्लान्ट गर्न लागिएको फाउण्डेसनले जनाएको छ । करिब ५ करोड रुपैयाँको लागतमा अस्पतालमा प्लान्ट निर्माण गर्न लागिएको हो  ।


फाउण्डेसनले ग्लोबल आई.एम.ई.बैंकको बैंक खाता नम्बर ६५०१०१००००४७७ मा रकम जम्मा हुने गरेको छ । जनस्तरबाट सहभागी र अपनत्व महसुस हुन सकोस् भनि 'रु १०० दान गरौं, महामारीमा प्राण राखौं' भन्ने मूलमन्त्रसहित यो महाअभियान सुरु गरिएको जनाएको छ । 


Author

थप समाचार
x