कोभिड-१९

कोभिड-१९ निको हुने दर ७५.१ प्रतिशत

इकागज |
जेठ ६, २०७८ बिहीबार १९:२१ बजे

काठमाडौँ  : पछिल्लो २४ घण्टामा आठ हजार ३०५ मा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन बिधिबाट कूल २२ हजार ८७ मा गरिएको परीक्षणमा सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् ।

मन्त्रालयको विवरणअनुसार २१ हजार ६९५ पीसीआर परीक्षण गरिएको थियो भने ३९२ एन्टिजेन परीक्षण गरिएको थियो ।  छ हजार ५४३ जना भने निको भएका छन् । 


नेपाली सेनाले विभिन्‍न मितिमा गरेको शव व्यवस्थापनसहित १९० को  निधन भएको छ । आजको विवरणसहित हालसम्म कूल पाँच हजार ८४७ को निधन भएको छ । कूल चार लाख ८८ हजार ६४५ पोजेटिभ हुँदा तीन लाख ६६ हजार ९४६ जना भने निको भएका छन् ।

यस आधारमा निको हुने दर ७५.१ प्रतिशत रहेको छ । कोभिड दोस्रो लहरपछि कोरोना पोजेटिभ हुनेको सङ्ख्या एक लाख १५ हजार ८५२ पुगेको मन्त्रालयले जनाएको छ । 

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार ३८९ रहेको छ । कुल एक लाख ४६ हजार २८६  निको हुँदा एक हजार ३२६ जनाको निधन भएको छ । 

भक्तपुरमा चार हजार ७८३ सक्रिय सङ्क्रमित छन् भने १२ हजार ४७३  निको भएका छन् । यस्तै २६२ को मृत्यु भएको  छ ।  ललितपुरमा छ हजार ८९५ सक्रिय सङ्क्रमित छन् भने २२ हजार १३ जना निको भएका छन् । सो जिल्लामा ३४७ को मृत्यु भएको  छ । (रासस


Author

थप समाचार
x