काठमाडौँ महानगरले आजदेखि दुई ठाउँमा अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याउने
काठमाडौँ: नेपाली सेना,काठमाडौँ महानगरपालिकालगायत अन्य सामूहिक संस्थाका लगानीमा सामाखुसीस्थित राधास्वामीको संत्सग भवनमा आजदेखि नरदेवी अस्पतालमा अक्सिजन थेरापीसहितको आइसोलेसन सञ्चालनमा आउने भएको छ । नरदेवी अस्पतालमा ५० र सामाखुसीको सत्संग भवनमा एक सय बेडको आइसोलेसन सञ्चालन हुने काठमाडौँ महानगरपालिकाका स्वास्थ्य सेवा विभागका प्रमुख हरि कुँवरले जानकारी दिए । उनकाअनुसार नरदेवी अस्पतालमा ५० बेडबाट सुरु भएर सय बेडसम्म पुर्याउँने लक्ष्य रहेको छ । राधास्वामी सत्संग भवनमा सयबाट सुरु गरी दुई सय बेडसम्म सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
नरदेवी अस्पतालमा महानगरपालिकाले सम्पूर्ण व्यवस्थापनको खर्च व्यहोरेको कुँवरले बताए । सत्संग भवनमा वीरेन्द्र सैनिक अस्पतालको व्यवस्थापनमा सञ्चालन हुने उनको भनाइ छ । आइसोलेसनमा बसेका सबै संक्रमितलाई खाना निशुःल्क उपलब्ध गराइने उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया