कोभिड-१९

सिंगापुरका चार संस्थाले दिए ६ भेन्टीलेटरसहितका स्वास्थ्य सामग्री

इकागज |
जेठ ९, २०७८ आइतबार १०:५६ बजे

काठमाडौँ : सिंगापुरका चार विभिन्‍न संस्थाले नेपाललाई कोभिड-१९ महामारी विरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् । पीसीआर किट्स, पल्स अक्सिमीटर, ३० युनिटको टेली भेन्टिलेटर र ६ युनीटको भेन्टिलेटर सहयोग गरेका हुन् । टेमासेक फाउण्डेसन, सिंगापुर फाउण्डेसन, मिरसेस प्रा.ली लोट्स लाइफ फाउण्डेसनले स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल एयरलायन्सको कार्गो उडानबाट शनिबार साँझ स्वास्थ्य सामग्री लिएर आएको परराष्ट्र मन्त्रालयले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको थियो । परराष्ट्र मन्त्रालयका कर्मचारीकोसमेत सहभागी थियो ।


नेपाल सरकारले टेमासेक लगायत सहयोगी संस्थालाई धन्यवाद दिएको छ ।


Author

थप समाचार
x