कोभिड-१९

खोप खरिदमा स्थानीय सरकारको ताकेता : केन्द्र सरकारको बेवास्ता

रामपुर नगरपालिकाले ५० हजार खोप खरिद गर्न अनुमति माग्यो

इकागज |
जेठ ९, २०७८ आइतबार १९:३२ बजे

काठमाडौँ :  पाल्पास्थित रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले कोभिड-१९ विरुद्धको ५० हजार डोज खोप खरिद गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेस त्रिपाठीसँग अनुमति मागेका छन् । आइतबार जारी विज्ञप्तिमा नगरपालिकाभित्र स्थायी बसोबास गरिरहेका नगरबासीलाई खोप लगाउने योजना रहेकाले खोप खरिद गर्न लागेको नगर प्रमुख थापाले जनाएका छन् ।

'प्रचलित ऐन नियमावली , मापदण्डको परिधिभित्र रही र यसअघि नेपाल सरकारले खरिद गरेको मूल्य र तोकिएको मापदण्ड बमोजिम खोप खरिद गर्न अनुमति दिनुहुन अनुरोध गर्दछु,' विज्ञप्तिमा उल्लेख गरिएको छ । 


कोभिड संक्रमणका लागि संघ, प्रदेश र स्थानीय सरकारले भरमग्दुर प्रयास गरिरहेको उनले बताएका छन् । अपेक्षा बमोजिम प्रयास गरिएको प्रभावकारी नदेखिएको उनको भनाइ छ ।  रामपुरमात्र होइन देशका अन्य पालिकाले पनि खोप खरिदका लागि केन्द्र सरकारको अनुमति कुरेका छन् । केन्द्र सरकारले पहल गर्न नसक्दा पहिलो डोज लगाएकाहरूले दोस्रो डोज लगाउने समय घर्किन लाग्दासमेत खोप आउने टुंगो छैन । 


Author

थप समाचार
x