कोभिड-१९

सोमबार ७,१३५ संक्रमणमुक्त, १८५ को मृत्यु

इकागज |
जेठ १०, २०७८ सोमबार १६:४६ बजे

काठमाडौँ : सोमबार सात हजार १ सय ३५ कोभिड-१९ का संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म तीन लाख ९८ हजार ४ सय ८३ जना निको भइसकेका छन् । २४ घण्टामा एक सय ८५ संक्रमितको मृत्यु भएको छ । कुल छ हजार ५ सय ३१ संक्रमितको मृत्यु भइसकेको छ ।

२० हजार ४ सय ५३ परीक्षण गर्दा सात हजार ४ सय २५ जना संक्रमण देखिएको छ । २९ लाख ३६ हजार ३ सय १४ जनाको परीक्षण गरिसकेको छ । मुलुकभर पाँच लाख २० हजार ४ सय ४ सय ६१ संक्रमित छन् ।


सक्रिय संक्रमित एक लाख १५ हजार ४ सय ४७ छन् । पछिल्लो समय संक्रमणमुक्त हुने दर ७६.६ प्रतिशत रहेको छ । देशभर क्वारेन्टाइन ब‍स्‍नेहरूको संख्या ९ सय २४ छ ।

 


Author

थप समाचार
x