कोभिड संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी
काठमाडौँ : २४ घण्टामा छ हजार ७ सय १६ जना कोभिड-१९ संक्रमणबाट मुक्त भएका छन् । देशभर चार लाख ११ हजार ६ सय ३ संक्रमणमुक्त भइसकेका छन् ।बुधबार छ हजार ७ सय १४ जनामा कोभिड देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल पाँच लाख ३५ हजार ५ सय २५ जना संक्रमित भएका छन् ।
पछिल्लो पटक १९ हजार ३ सय ५२ जनाको परीक्षण गरिएको थियो । हालसम्म २९ लाख ७७ हजार ६ सय ५० जनाको पीसीआर परीक्षण गरिएको छ । १ सय ४५ को मृत्यु भएको र कुल मृत्युदर ६ हजार ८ सय ४५ छ । सक्रिय संक्रमित एक लाख १७ हजार ७७ छन् । क्वारेन्टाइनमा आठ सय ५३ जना छन् । काठमाडौँमा एक हजार १ सय ३९, भक्तपुरमा एक सय १३ र ललितपुरमा दुई सय ४१ जना संक्रमण देखिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया