ब्राजिलमा कोभिडबाट मृत्यु हुनेको संख्या चार लाख ५० हजार नाघ्यो
सांकेतिक तस्बिर
ब्राजिल : ब्राजिलमा कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघेको यहाँको स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
गत २४ घण्टामा कोभिड संक्रमणको कारण दुइ हजार १७३ जनाको मृत्यु भएपछि ब्राजिलमाकोभिडबाट मृत्यु हुने संख्या चार लाख ५२ हजार ३१ जना पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ७३ हजार ४५३ जना थप व्यक्तिमाकोभिड संक्रमण भएपछि संक्रमितको संख्या एक करोड ६१ लाख ९४ हजार २०९ जना पुगेको छ ।
यस प्रकोप शुरु भएयता ब्राजिलमा १ करोड ४६ लाख व्यक्तिकोभिड मुक्त भएका छन् । (एएनआइ)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया