कोभिड कहर
श्रीमानको मृत्यु भएपछि कुरुवा बसेकी श्रीमतीद्वारा आत्महत्या
धनगढी : कोभिडले श्रीमानको मृत्यु भएपछि अस्पतालमा कुरुवा बसेकी श्रीमतीले आत्महत्या गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय डडल्धुराका अनुसार डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह-७ का सुरेश कठायतको कोभिड-१९ संक्रमणबाट मृत्यु भएपछि उनकी श्रीमतीले आत्महत्या गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले अस्पतालमा उपचारको क्रममा कठायतको मृत्यु भएको केही घण्टापछि उनकी श्रीमती सरिताले आत्महत्या गरेको जानकारी दिए । ‘श्रीमानको मृत्यु भएपछि उनकी श्रीमती सरिता अस्पतालबाट सम्पर्कविहिन भएकी थिइन्,’ प्रहरी नायव उपरीक्षक नेपालले भने, ‘अस्पताल नजिकैको जंगलमा आत्महत्या गरेको अवस्थामा उनी फेला परेकी छन् ।’
कठायतलाई कोभिड संक्रमण पुष्टि भएपछि बाजुराबाट थप उपचारका लागि जेठ २ गते डडेल्धुरा ल्याइएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया