थप ४,३६९ जनामा संक्रमण पुष्टि, ६,२०५ संक्रमणमुक्त
१ सय ९ जनाको मृत्यु
फाइल फोटो
काठमाडौँ : नेपालमा थप ४ हजार ३६९ जनालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । आइतबार सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो चौबिस घण्टामा ४ हाजर ३६९ जनामा संक्रमण पुष्टि भएको हो ।
१० हजार ९८६ जनामा गरिएको पीसीआर परीक्षणमा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा १ सय ९ जनाले कोभिडका कारण ज्यान गुमाएका छ्न ।
यस्तै पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना कोभिड संक्रमणमुक्त भएका छ्न । कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया