कोभिड-१९

बाँकेमा सात संक्रमितको मृत्यु

इकागज |
जेठ १८, २०७८ मंगलबार १९:५ बजे

बाँके : कोभिड-१९ संक्रमणबाट बाँकेमा अहिलेसम्ममा ५८७ जनाको मृत्यु भएको छ । जिल्लाभित्रका २९५  र अन्य जिल्लाबाट आएका २९२ जनाको सङक्रमणबाट मृत्यु भएको हो ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीका अनुसार आज मात्रै बाँकेका विभिन्‍न अस्पतालमा उपचाररत थप सात सङ्क्रमितको मृत्यु भएको छ । सोमबार ५:३० बजे साँझदेखि मंगलबार बिहान ८ बजेसम्म ७ जनाको मृत्यु भएको हो ।  ओलीका अनुसार मृतकमध्ये दुई/दुई जना बाँके र बर्दिया तथा कैलाली, सल्यान र रोल्पामा एक/एक गरी सात जना छन्  । (रासस)
 



Author

थप समाचार
x