कोभिड-१९

मुगुमा पहिलो पटक कोभिडले एकको मृत्यु

इकागज |
जेठ १९, २०७८ बुधवार ६:२४ बजे

फाइल तस्बिर

मुगु : कोभिड-१९ सङ्क्रमणबाट पहिलोपटक यहाँ एक वृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका-१० का ७० वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले राससलाई जानकारी दिए । 

उहाँका अनुसार ती बृद्धालाई अस्पताल ल्याउनेक्रममा आज बाटोमा नै निधन भएको थियो । एकहप्तादेखि बिरामी हुँदा पनि ती बृद्धा अस्पतालमा  जान नमानि घरमा नै रही जडिबुटी सेवन  गरेको बताइएको छ ।


बृद्धाको मृत्युपछि गरिएको एन्टिजिन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको सूचना अधिकारी नेपालीले बताए । गत वैशाखदेखि जिल्लामा सङ्क्रमित सङ्ख्या वृद्धि भएपनि मृत्यु भएको थिएन ।  हालसम्म २९४ सङ्क्रमित रहेका जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस


Author

थप समाचार
x