चिनिया कम्पनीले दिएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर नेपाल आइपुग्यो
काठमाडौँ : चिनको सांघाइस्थित स्वास्थ्य कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर बुधबार नेपाल आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीमार्फत नेपाल आइपुगेको हो ।
कोभिड-१९ महामारीको नियन्त्रण गर्न कम्पनीले उल्लेखित उपकरणहरू नेपाल पठाएको कम्पनीका प्रमुख लिन हसिन्याङ्गले जानकारी दिए । गत जेठ १२ गते ( मे २६) का दिन चिनिया कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपालका सबै राजनीतिक पार्टीका मुख्य नेता सम्मिलित सर्बदलिय जुम बैठकमा कम्पनीका प्रमुख लिन हसिन्याङ्गलले महामारीको बेलामा नेपाललाई सहयोग उपलब्ध गराउने बताएका थिए । त्यसै अनुरुप नेपालमा सो सामग्री आइपुगेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया