बिहिबार देशभर कोभिडबाट ७५ को मृत्यु,६८२५ मा संक्रमण
काठमाडौँ : बिहिबार कोभिड-१९ संक्रमणका कारण ७५ जनाको मृत्यु भएको छ । देशभर हालसम्म ७ हजार ६ सय ३० संक्रमितको मृत्यु भइसकेको छ । त्यसैगरी २१ हजार ७ सय ७३ को परीक्षण गर्दा ६ हजार ८ सय २५ कोभिड देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म ३१ लाख ६ हजार ९ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर कुलसंक्रमित ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ ।
देशभर सक्रिय संक्रिमतको संख्या १ लाख १ हजार ८ सय ३९ छन् । पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ४ संक्रमणमुक्त र हालसम्म ४ लाख ६७ हजार ४ सय ७६ छन् । संक्रमणमुक्त हुने दर ८१ प्रतिशत छ ।
काठमाडौँमा १ हजार ६ सय ३०, भक्तपुरमा १ सय २९ र ललितपुरमा २ सय ९८ संक्रमित थपिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया