गोरखामा पनि एक जनामा कोरोना पुष्टि
गोरखा- गोरखामा पनि एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शहिद लखन गाउँपालिका-७ बुंकोटका ४० वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको जिल्ला अस्पताल गोरखाले जनाएको छ । भाइरस नयाँ भेरिएन्ट हो वा होइन भन्नेबारे भने पुष्टि नभएको अस्पतालकी सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन् ।
ज्वरो र रुघाखोकी लागेर सोमबार अस्पतालमा उपचार गराउन आएकोमा कोरोनासँग मिल्दो लक्षण देखिएपछि उनले बताइन् ।
उनलाई होम आइसोलेसनमा बस्न भनिएको अस्पतालले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया