कोभिड-१९

स्वास्थ्य मन्त्रालय भन्छः कोभिशिल्डको दोस्रो डोज आयात सुनिश्‍चित छैन

इकागज |
जेठ २३, २०७८ आइतबार २०:४८ बजे

काठमाडौँ : सरकारले कोभिडविरुद्ध कोभिशिल्डको पहिलो डोज खोप लगाएकालाई धैर्य गर्न आग्रह गरेको छ । गतवर्षको फागुन २३ देखि चैत १० गतेसम्म कोभिशिल्ड खोप लगाएकाहरूको दोस्रो डोज खोप लगाउने समय भइसकेको छ ।

सिरम इन्स्टिट्यूट अफ इन्डिया र कोभ्याक्स सुविधा दुबैले कोभिशिल्ड उपलब्ध गराउन नसक्ने बताएकाले उक्त खोपको विकल्पमा एउटै प्रकृतिको एस्ट्रेजेनेका खोप लगाइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ । 


'सुरुमा सिरम इन्स्टीयुटसँग सम्झौता भइ सकेको र कोभ्याक्स सुविधाबाट प्राप्‍त निर्णय सहितको भरपर्दो पत्रको आधारामा दोस्रो मात्राको सुनिश्‍चितता गरिएको थियो,' महाशाखाले जारी गरिएको सूचनामा उल्लेख छ ।

महाशाखाले जारी गरेको सूचनामा एस्ट्रेजेनेकाको खोप प्राप्‍त नभएकाले दोस्रो मात्रा लगाउने मिति समेत तय भएको छैन । पहिलो मात्रा लगाएको १२ हप्‍ता पुगेपछि लगाउनु पर्ने भए पनि खोप उपलब्ध नभएकाले प्रतिक्षा गर्न बताइएको छ ।

यद्यपी कोभिशिल्डको दोस्रो मात्रा पहिलो मात्रा लगाएको १६ हप्‍तासम्म लगाउन मिल्ने देखिएकाले उक्त अवधिभर दोस्रो मात्रा लगाइसक्ने तयारी स्वास्थ्य मन्त्रालयको छ ।  पहिलो मात्रा २१ लाख १३ हजार ८० ले खोप लगाएका छन् ।

 

 

 


Author

थप समाचार
x