कोभिड-१९

अमेरिकाद्वारा १२५ थान सिम्याप सहयोग

इकागज |
जेठ २४, २०७८ सोमबार १६:३१ बजे

काठमाडौँ : अमेरिकी सरकारले 'सिप्याप' १ सय २५ थान सहयोग गरेको छ । सोमबार स्वास्थ्य सेवा विभागमा एक कार्यक्रम आयोजित अमेरिकन राजदूतावासका प्रतिनिधिले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सेवा विभागका आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढकालले सामग्री ग्रहण गरे ।

'सिप्याप' ले कोभिड-१९ संक्रमितलाई श्‍वासप्रश्‍वासमा भएकालाई श्‍वास लिनका लागि सहयोग गर्ने ढकालले जानकारी दिए । विशेष गरी भेन्टिलेटर अभाव भएका ठाउँमा यसको प्रयोग गरिने हुने उनले बताए । 


यसअघि पनि अमेरिकाले स्वास्थ्य सामग्री सहयोग गरेको थियो । भर्खरै मात्र पनि कोभ्याक्स खोप कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकलाई खोप दिने घोषणा गरिसकेको छ । नेपाललाई अहिलेसम्म  विभिन्न मित्र राष्ट्रसहित तथा अन्तरराष्ट्रिय दातृ निकायसहित २९ संस्थाले स्वास्थ्य सामग्री सहयोग गरिसकेका छन् ।


Author

थप समाचार
x