कोभिड-१९

बुधबार चार हजार ३४४ संक्रमण, ८१ को मृत्यु

इकागज |
जेठ २६, २०७८ बुधबार १७:१८ बजे

काठमाडौँ : पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ४४ जनामा कोभिड संक्रमित देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२ हजार ७४ पीसीआर परीक्षणमा ३ हजार ४ सय ४९ र ४ हजार ५ सय ६८ जनाको एन्टिजेन परीक्षणमा ८ सय ९५ गरी ४ हजार ३ सय ४४ जनामा संक्रमण देखिएको हो । 

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले कोभिड पोजेटिभको दर २८. ६ प्रतिशत रहेको  बताए । सक्रिय संक्रमित ८० हजार ३ सय ३६ छन् । संक्रमणमुक्त ५ हजार ७ सय ६८ जना छन् । संक्रमणमुक्त हुने दर ८५ . २ प्रतिशत छ । 


भक्तपुरमा ८५, काठमाडौँमा ६ सय ७९ र ललितपुरमा १ सय ५१ जनामा कोभिड देखिएको छ । यो सँगै उपत्यकामा आज ९ सय १५ जनामा संक्रमण देखिएको छ ।

आज ८१ जनाको मृत्यु भएको छ ।

 


Author

थप समाचार
x