कोभिड-१९

श्रीलंकामा सन् २०२२ सम्ममा सबैलाई कोभिडको खोप लगाइने

इकागज |
जेठ २८, २०७८ शुक्रबार ६:८ बजे

सांकेतिक तस्बिर

श्रीलंका : सन् २०२२ सम्ममा आफ्ना नागरिकलाई खोप लगाइसक्ने बताएको छ ।श्रीलंका सरकारले सोही बमोजिम काम गरिरहेको अधिकारीहरुले जानकारी दिएका छन् । श्रीलंकाका सञ्चारमाध्यमहरुले यहाँको सेनाका एकजना कमाण्डरलाई उद्धृत गर्दे सो जानकारी दिएका हुन् ।

यहाँका सैनिक कमाण्डर सवेन्दै सिल्भाले बुधबार एक कार्यक्रममा बोल्दै यहाँको सरकारले यस अनुसारको कामको तयारी गरिरहेको जानकारी दिएका हुन् । उनले श्रीलंकामा खोप लगाउने राष्ट्रिय कार्यक्रमको घोषणा गरिएको र देशव्यापी रुपमा नै खोप लगाउन थालिएको पनि उहाँले सो कार्यक्रममा बताएका थिए ।


उहाँले यो सरकारको कार्यक्रम रहेको र यसलाई सघाउनु सबै नागरिकको कर्तव्य पनि भएको उनले जानकारी दिए । वास्तवमा कोभिडको महामारी भनेको सरकारको मात्र या कुनै स्वास्थ्य सम्बन्धी मुद्दा नभएर देशकै समस्या भएकोले सबैले एक भएर यसका विरुद्ध काम गर्नुपर्ने पनि उनले बताए ।

श्रीलंका सरकारले आफ्ना नागरिकलाई आवश्यक पर्ने खोपको खोजी गरिरहको र आवश्यकताका आधारमा प्राप्त गर्ने आश्वासन पनि पाएको उनले बताइका छन् । उनले श्रीलंकाले अहिले कोरोनाको तेस्रो वेभको सामना गरिरहेको जानकारी पनि दिए । श्रीलंकामा कोभिड १९ का दुई लाखभन्दा बढी संक्रमित रहेका छन् । (सिन्ह्वा)


Author

थप समाचार
x