कोभिड-१९

तीन हजार ७५० कोभिड संक्रमित थपिए, कति जना कोभिडमुक्त भए ?

इकागज |
जेठ २८, २०७८ शुक्रवार १७:२३ बजे

काठमाडौँ : गएको २४ घण्टामा मुलुकभर दुई हजार सात सय नौ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्‍न जिल्लामा शुक्रबार गरिएको नौ हजार पाँच सय ९८ पीसीआर परीक्षणमा दुई हजार सात सय नौ जनामा कोरोना पुष्टि भएको हो ।

पाँच हजार पाँच सय ८४ एन्टिजेन परीक्षण गरिएको थियो । एन्टिजेन परीक्षमार्फत एक हजार ४१ संक्रमित देखिएको हो ।  पीसीआर र एन्टिजेन परीक्षणबाट कुल तीन हजार ७५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ ।



२४ घण्टामा पाँच हजार  दुई सय २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको कुल संख्या पाँच लाख २० हजार आठ सय १६ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ६७ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड-१९बाट मृत्यु हुनेको संख्या आठ हजार तीन सय पाँच पुगेको छ ।


Author

थप समाचार
x