कोभिड-१९

उदयपुरमा घट्दै कोभिड सङ्क्रमण

इकागज |
जेठ २९, २०७८ शनिबार ८:५६ बजे

उदयपुर: उदयपुरमा वैशाखको तेस्रो हप्तादेखि तीव्र रूपमा वृद्धि हुँदै गएको कोभिड सङ्क्रमण जेठको अन्तिम हप्तामा आएर कम हुँदै गएको छ । स्वास्थ्य कार्यलय उदयपुरका अनुसार जेठको अन्तिम हप्तादेखि जिल्लामा सङ्क्रमण दरमा निकै कमी आएको छ । 

बढी सङ्क्रमित भएको त्रियुगा नगरपालिकामा जेठको अन्तिम हप्तामा आएर ५ सय ३५ बाट सङ्क्रमितहरु घटेर २ सय ९० मा झरेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । कटारी नगरपालिकामा १ सय १७ जना पुगेकोमा सङ्क्रमित घटेर ४५ जनामा झरेको छ । रौतामाई गाउँपालिकामा ७६ जना रहेकोमा घटेर २९ जना र  लिम्चुङबुङ गाउँपालिमा  ६४ जनाबाट सङ्क्रमित घटेर हाल २४ जनामा झरेको छ । त्यस्तै अन्य स्थानीय निकायमा पनि कमी आएको छ ।


जिल्लाको आठै पालिकामा कोरोना सङ्क्रमणका दर घटेर निको हुनेहरूको सङख्यामा पनि वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख प्रसाद मोहन सुवेदीले बताए । जिल्लामा हालसम्ममा ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यसैबीच कोरोना सङ्क्रमणको अवस्थालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यलय उदयपुरले जिल्लामा निषेधाज्ञाको समय जेठ २८ बाट बढाएर असार ७ सम्म थपेको छ । थप गरिएको निषेधाज्ञामा बिहानको ७ बजेदेखि दिनको १२ बजे सम्म पसलहरु खोल्न दिइने छ । रासस


Author

थप समाचार
x