कोभिड-१९

यी ४३ जिल्लामा छन् ५०० बढी कोभिड संक्रमित

इकागज |
असार १, २०७८ मंगलबार १९:३८ बजे

काठमाडौँ : कोभिड संक्रमणदर कम भएको भन्दै काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाइएको छ । देशका अधिकांश जिल्लामा कोभिड संक्रमण राेकथामका लागि भन्दै निषेधाज्ञा लगाइएको छ । अझै पनि अधिकांश जिल्लामा ५०० भन्दा धेरै सक्रिय संक्रमित छन् । 

पछिल्लो समय देशभर कोभिड-१९ संक्रमितको संख्या घट्दै गए पनि पाँच सय भन्दा बढी सक्रिय संक्रमित ४३ जिल्लामा छन् । प्रदेश १ मा मोरङ, सुनसरी,झापा, प्रदेश २ मा रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्‍तरी, सिराहा, सर्लाही, बागमती प्रदेशमा काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक ,मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा, रामेछाप,  गण्डकी प्रदेशमा कास्की, गोरखा, नवलपरासी ( पूर्व), तनहुँ, लुम्बिनी प्रदेशमा दाङ, बाँके, रुपन्देही, बर्दिया, कपिलवस्तु, नवलपरासी ( पश्‍चिम) ,दोलखा, कर्णाली प्रदेशमा सुर्खेत, दैलेख, सुदुरपश्‍चिम प्रदेशमा डडेल्धुरा, कैलाली, कंचनपुर, बैतडी, अछाम र डोटीमा ५०० भन्दा धेरै कोभिड संक्रमित छन् ।


त्यसैगरी तीन सय भन्दा बढी सक्रिमतहरु १५ जिल्लामा छन् । प्रदेश १ मा उदयपुर, संखुवासभा, खोटाङ,ओखलढुंगा, पाँचथर,  बागमतीमा प्रदेशमा रसुवा, गण्डकी प्रदेशमा लमजुङ, स्यांग्जा, पर्वत र म्याग्दी, लुम्बिनी प्रदेशमा गुल्मी र अर्घाखाँची र कर्णाली प्रदेशमा सल्यान, रुकुम(पश्‍चिम) र जुम्ला छन् । मंगलबार देशभर २७४५ संक्रमित थपिएका छन् । ४१८७ संक्रमणमुक्त र ४१ को मृत्यु भएको छ ।


Author

थप समाचार
x