कोभिड-१९

बिहीबार ३९ संक्रमितको मृत्यु,२,१४१ संक्रमणमुक्त

इकागज |
असार ३, २०७८ बिहीबार १७:१८ बजे

काठमाडौँ : बिहीबार देशभर कोभिड-१९ संक्रमणका कारण ३९ जनाको मृत्यु भएको छ । हालसम्म आठ हजार ५९७ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १२ हजार ४८४ जनाको कोभिड परीक्षण गर्दा दुई हजार ६०७ जनामा कोभिड पुष्‍टि भएको छ । त्यसैगरी दुई हजार १४१ जना संक्रमणमुक्त भएका र हालसम्म पाँच लाख ४५ हजार ६६२ संक्रमणमुक्त भइसकेका छन् ।


काठमाडौँमा ४१३, भक्तपुरमा ३६ र ललितपुरमा १२१ जना संक्रमित थपिएका छन् । उपत्यकामा सक्रिय संक्रिमत १२ हजार ५१४ छन् ।


Author

थप समाचार
x