कोभिड-१९

अफ्रिकामा कोरोना संक्रमित ५१ लाख ३७ हजार बढी

इकागज |
असार ५, २०७८ शनिवार ५:५३ बजे

एदिस अबाबा : अफ्रिकामा पुष्टि गरिएको कोभिड–१९ सङ्क्रमितहरूको संख्या शुक्रबार दिउँसोसम्म ५१ लाख ३७ हजार ३७४ पुगेको रोग नियन्त्रण तथा रोकथामका लागि अफ्रीका केन्द्रले सीडीसीले जनाएको छ ।

५५ सदस्यीय अफ्रिकी युनियनको विशेष स्वास्थ्य एजेन्सी सीडीसीका अनुसार, महामारीको कारण मर्नेको सङ्ख्या एक लाख ३६ हजार ४०६ पुगेको छ । यस महादेशका ४५ लाख ७२ हजार ६७१ व्यक्ति सङ्क्रमणमुक्त भएका छन् । 


अफ्रिका सीडीसीका अनुसार दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया, इथियोपिया र इजिप्टमा महादेशका अन्य मुलुकमाभन्दा बढी सङ्क्रमण देखिएको छ । 

दक्षिण अफ्रिकामा सबैभन्दा बढी कोभिड–१९ रेकर्ड गरिएको छ भने अहिलेसम्म दुई उत्तरी अफ्रिकी देशहरू मोरक्को र ट्युनिसियाले शुक्रबार दिउँसो क्रमशः पाँच लाख २५ हजार ४४३ र तीन लाख ७६ हजार ६९१ व्यक्ति सङ्क्रमित भएका छन् । (सिन्ह्वा) 


Author

थप समाचार
x