कोभिड-१९

कोभिड बिरामीले निजी अस्पतालमा उपचार गरे सरकारले नब्यहोर्ने

इकागज |
असार ९, २०७८ बुधबार ६:१४ बजे

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड- १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना सङक्रमण घट्दै गइरहेको अवस्थामा  निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने जानकारी दिए । 

उनका अनुसार कोभिड-१९ को उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालमा आजकासम्ममा भर्ना भइ उपचाररत सङ्क्रमितको दश दिनसम्मको मात्र शोधभर्ना गरिने छ । मन्त्रालयले सङक्रमितले आफूले निजी अस्पताललाई उपचार गराउन चाहेको खण्डमा भने उपचार गराउन सक्ने छन् । यसरी निजी अस्पतालमा उपचार गराउदा सरकारले तोकेको भन्दा बढी शुल्क नलिई सेवा प्रवाह गर्न समेत अनुरोध गरेको छ । 


सरकारले कोभिड-१९ का सङक्रमितको उपचार व्यवस्थापनका लागि  सामान्य बिरामीलाई प्रतिदिन तीन हजार ५०० , मध्यम बिरामीका लागि सात हजार  र  गम्भीर प्रकृतिका बिरामीलाई १५ हजार रुपियाँ निर्धारण गरेको छ ।


Author

थप समाचार
x