करिब एक महिनापछि बढ्यो कोभिड संक्रमण : ३ हजार १०८ संक्रमित थपिए
काठमाडौँ - करिब एक महिनापछि देशभर कोभिड संक्रमण बढेको छ । मंगलबार थप ३ हजार १ सय ८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ३६ पिसिआर परीक्षणका क्रममा २ हजार २ सय २ र ४ हजार २ सय ९९ एन्टीजेन परीक्षणका क्रममा ९०६ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै देशभर संक्रमितको संख्या ७ लाख २१ हजार ६ सय १७ पुगेको छ । त्यस्तै कोभिडका कारण थप २५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा ज्यान गुमाउनेको संख्या ९ हजार ६ सय ७ पुगेको छ । त्यस्तै थप १ हजार ५ सय ९५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३४ हजार ९२७ संक्रमित संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २६ हजार ४१९ जना आइसोलेसन र ३२६ जना क्वारेन्टिनमा छन् ।
सोमबार २४४५ जनालाई कोभिड संक्रमण पुष्टि भएको थियो । जबकि असार ८ गते १६९१३ जनाको परीक्षण गर्दा ४५२२ जनामा संक्रमण देखिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया