कोभिड-१९

थपिए १३४३ संक्रमित, १३ को मृत्यु

इकागज |
मंसिर १८, २०७७ बिहीबार १६:३२ बजे

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर थप १ हजार ३ सय ४३ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । मुलुकका बिभिन्‍न स्थानमा गरिएको परिक्षणमा ५सय ३४ महिला र ८ सय ९ पुरुष गरि थप यति संख्यामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै काठमाडौं उपत्यकामा ५ सय ६१ जनामा संक्रमण देखिएको छ । भक्तपुरमा २६ ललितपुरमा ८० र काठमाडौंमा ४ सय ५५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ । 


त्यस्तै २४ घण्टामा कोभिड संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा मृत्यु हुनेको संख्या १ हजार ५ सय ५१ जना पुगेको छ । 

बिहीबार २ हजार १ सय ११ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख २० हजार २ सय ७२ जना निको भएको मन्त्रालयले जनाएको छ । 

नेपालमा हाल १५ हजार ७ सय ६६ जना आइसोलेसनमा छन् भने ५ सय ७६ जना क्‍वारेन्टाइनमा छन् । हालसम्म नेपाालमा १७ लाख ६३ हजार ९१९ वटा  पीसीआर परीक्षण गरिएको छ ।  


Author

थप समाचार
x