कोभिडले थप २३ जनाको मृत्यु, ३,१०६ जनामा संक्रमण पुष्टि
फाइल फोटो
काठमाडौँ : नेपालमा कोभिड १९ संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । पछिल्लो चौबिस घण्टामा ३ हजार १०६ जनामा संक्रमण पुष्टि हुँदा २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार २६३ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २८० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ४ हजार २५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जनामा संक्रमण पुष्टि भएको छ । दुवै परीक्षणबाट ३ हाजर १०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
पछिल्लो समय संक्रमण बढ्दै गएपछि केही जिल्लामा फेरि निषेधाज्ञा गर्न थालिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया