नेपाली कामदारले खोप कार्डविना पनि दुबई प्रवेश पाउने
फाइल फोटो
काठमाडौँ - नेपाली कामदारले खोप नलगाए पनि दुबई प्रवेश पाउने भएका छन्। ४८ घण्टाभित्रको पीसीआर नेगेटिभ र चार घण्टाको आरडीटी परीक्षणको रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने नेपाली दूतावासले जनाएको छ। दुबईको अन्य राज्यमा प्रवेश गर्न अनिवार्य खोप कार्ड अनिवार्य चाहिने दूतावासले प्रष्ट पारेको छ ।
‘एक सय ८० दिनभन्दा बढी युएई बाहिर बसेका र युएईको भिसा सकिसकेकाले जीडीफ्राको उल्लेखित वेभसाइटमा तोकिएका कागजात अपलोड गरि प्रवेशको लागि अनुरोध गर्नुपर्नेछ । सहमति प्राप्त भएमा दुबई प्रवेश गर्न पाइन्छ,’ दूतावासले जारी गरेको सूचनामा उल्लेख छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया