प्रदेश १ मा काेभिडले थप ८ जनाको मृत्यु
विराटनगर – प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७ सय ६९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको १ हजार ४ सय १३ जनाको पीसीआर परीक्षणमा ४ सय २९ र १ हजार ३ सय २५ जनाको एन्टिजेन परीक्षणमा ३ सय ४० जनामा संक्रमण पुष्टि भएको विराटनगरस्थित सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा झापामा १ सय ४९, मोरङमा १ सय ४५, सुनसरीमा ८६, इलाममा १६, पाँचथरमा १२, धनकुटामा ८, उदयपुरमा ३, भोजपुरमा २, संखुवासभा र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो।
यसैगरी झापाको दमकमा ३२, बिर्तामोडमा २८, भद्रपुरमा १८, अर्जुनधारामा १७, मेचीनगरमा १२, कनकाईमा १०, शिवसताक्षीमा ९, बुद्धशान्तिमा ८, हल्दिबारीमा ५, कमल गाउँपालिकामा ४, गौरादहमा ३, गौरीगञ्जमा २ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै मोरङको विराटनगरमा ४५, पथरीशनिश्चरेमा ३१, लेटाङमा १७, बेलबारीमा १४, सुन्दरहरैँचामा १३, उर्लाबारीमा ८, बुढीगंगामा ५, रंगेली र कानेपोखरीमा समान ३, मिक्लाजुङ र रतुवामाइमा २/२, कटहरी र केराबारीमा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
यता सुनसरीको इटहरीमा ४३, धरानमा २३, बराहक्षेत्रमा ५, इनरुवामा ४, रामधुनी, हरिनगर, दुहबी र बर्जुमा १/१ र स्थानीय तह नखुलेका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
यस्तै इलामको इलाम नगरपालिकामा ११, मांसेबुङ र चुलाचुलीमा २/२, फाकफोकथुममा १, पाँचथरको फिदिममा ८, कुम्बायकमा ३, फाल्गुनन्दमा १, धनकुटाको धनकुटामा ४, छथरजोरपाटीमा २, साँघुरीगढी र शहिदभूमीमा १/१, उदयपुरको उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिका २, संखुवासभामा १, तेह्रथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेशमा गत २४ घण्टामा ४ सय ८५ जना कोभिड संक्रमणमुक्त भएका छन् । यसरी संक्रमणमुक्त हुनेमा २ सय ५२ महिला र २ सय ३३ पुरुष रहेका छन् । मन्त्रालयकाअनुसार कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ महिला र ५ पुरुष गरी ८ जनाको निधन भएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया