गण्डकीमा कोभिड संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु
काठमाडौँ – गण्डकी प्रदेशमा कोभिड–१९ संक्रमणबाट बुधबार १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालहरूमा उपचाररत १२ जना संक्रमितको मृत्यु भएको हो । गण्डकी प्रदेशमा केही दिनयता संक्रमण र मृत्युदर क्रमशः घटिएकोमा बुधबार मृतकको संख्या एक्कासी वृद्धि भएको हो । संक्रमणबाट मंगलबार गण्डकीमा ४ जनाको मृत्यु भएको थियो भने ३ सय ७४ संक्रमित थपिएका थिए ।
बुधबार कोभिड संक्रमणबाट मृत्यु हुनेमा कास्कीमा ७, स्याङ्जा २, बागलुङ १, तनहुँ १ र पर्वतका १ सहित १२ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–७ का ८६ वर्षीय पुरुष, पोखरा–१४ का ८२ वर्षीय पुरुष, पोखरा–२५ का ६५ वर्षीय पुरुष, पोखरा–२२ का ७७ वर्षीय पुरुष, पोखरा–१० की ९२ वर्षीय महिला, पोखरा–१४ की ४८ वर्षीय महिला र कास्कीको रूपा गाउँपालिका–३ का ६२ वर्षीय पुरुष रहेका शमाले जनाए ।
यस्तै स्याङ्जाको बिरुवा –१ का ४६ वर्षीय पुरुष, फेदीखोला–२ का ४८ वर्षीय पुरुष, पर्वत –११ का ६३ वर्षीय पुरुष, तनहुँ व्यास– ५ का ३९ वर्षीय पुरुष र बागलुङ ताराखोला–५ की ७४ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु भएका १२ जनामध्ये ७ जना पोखराका रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ५९ जना पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा थप ४ थप ९६ जनामा कोभिड संक्रमण पुष्टि भएको उनले जानकारी दिए । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७६ जनामा गरिएको नमूना परीक्षणमा ४ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २ सय ५२ महिला र २ सय ४४ जना पुरुष रहेको उनले जनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया