कोभिड-१९

प्रदेश २ मा ‘नो मास्क नो सर्भिस’ अभियान लागू

इकागज |
भदौ २७, २०७८ आइतबार २१:२ बजे

जनकपुरधाम – सर्वसाधारणले मास्क प्रयोगमा लापरबाही गर्न थालेपछि प्रदेश २ सरकारले ‘नो मास्क नो सर्भिस’ अभियान लागू गरेको छ । जनकपुरस्थित मुख्यमन्त्री निवास मधेस भवनमा आइतबार सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोभिड माहामारी विरुद्धको सचेतनाका लागि यो अभियान लागू गरेको हो ।

कोभिड संक्रमितहरूको स‌ंख्यामा कमी आएलगत्तै सर्वसाधारणले मास्क प्रयोगमा लापरबाही गर्न थालेपछि प्रदेश सरकारले सरकारी कार्यालयहरूमा उक्त अभियान चलाउने निर्णय गरेको प्रदेशका प्रमुख सचिव हरिप्रसाद मैनालीले बताए । 


यसका साथै सरकार मास्क प्रयोगमा सर्वसाधारणलाई सचेत गराउन स्थानीय सञ्चार माध्यमहरूमार्फत सूचना सन्देश प्रशारण, प्रकाशन गराउने निर्णय पनि गरिएको उनले बताए । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न  बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साह, समाजिक विकासमन्त्री नवल साह, प्रमुख सचिव मैनालीसहित विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रतिनिधि सहभागी थिए ।


Author

थप समाचार
x