बुधबार गण्डकीमा ९२ जना संक्रमणमुक्त
फाइल फोटो
पोखरा – गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट ९२ जना मुक्त भएका छन् । यस अवधिमा १ सय २५ जना संक्रमित थपिएका छन् । पछिल्ला २४ घण्टामा तनहुँको भिमाद नगरपालिका–८ का ५३ वर्षीय पुरुष र स्याङ्जाको वालिङ नगरपालिका-१ का ८४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
यससँगै प्रदेशमा कोभिड स.क्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ३५ जना पुगेको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ७ सय १२ जना छ भने होम आइसोलेसनमा १ हजार ५ सय १७ जना रहेको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा हालसम्म तीन लाख २४ हजार ३ सय ६१ जनाको कोभिड परीक्षण गरिएको छ भने ८३ हजार ९ सय ३८ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये हालसम्म ८० हजार ८ सय ९१ जना कोभिड संक्रमणबाट मुक्त भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया