कोभिड-१९

कोभिडले गण्डकीमा हालसम्म ५० जनाको मृत्यु

इकागज |
कात्तिक ३, २०७७ सोमबार ८:० बजे

गण्डकी : गण्डकी प्रदेशमा कोभिड-१९ का कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन् ।

गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका आइतबारको विवरणमा थप ५६ जनामा कोभिड-१९ पुष्टि भएको छ । प्रदेशमा कोभिड-१९ को संख्या पाँच हजार ७८६ पुगेको निर्देशक एवम् गण्डकी प्रदेश कोभिड नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा हालसम्म कुल ८१ हजार ५१५ जनाको नमूना परीक्षण गरिएको छ । रासस



Author

थप समाचार
x