चालकलाई कोभिड पुष्टिपछि नेता प्रभु साह आइसोलेसनमा
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा सांसद प्रभु साहको एक जना चालकलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट कोभिड पोजेटिभ आएको हो ।
सांसद साहको सम्पूर्ण सचिवालयको पीसीआर टेस्ट गर्दा एक जना चालकमा कोभिड देखिएको उनका स्वकीय सचिव विजय यादवले जानकारी दिए । रौतहट घर भई काठमाडौंमा बस्दै आएका २५ वर्षीय उनी अहिले होम आइसोलेसनमा रहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको यादवले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया