कोभिड-१९

नेपालमा डेढ करोड बढीले लगाए कोभिडविरुद्धको खोप

इकागज |
कात्तिक २, २०७८ मंगलबार १७:४३ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा कोभिडविरुद्धधको खोप लगाउनेको संख्या डेढ करोड पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ करोड ५० लाख ४८ हजार २८८ जनाले खोप लगाएका छन् । पहिलो डोज ८५ लाख ६२ हजार ३६५ जनाले लगाएका छन् । खोपको दुवै मात्रा पूरा गरेकाहरू ६४ लाख ८५ हजार ९२३ जना छन् ।

कुल जनसंख्याको २८ दशमलव २ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । दोस्रो मात्रा २१ दशमलव ४ प्रतिशतले कोभिडविरुद्धको खोप लगाएका छन् ।
त्यसैगरी लक्षित उमेर समूह १ करोड ९९ लाख २२ हजार १६४ जनाको ४३ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । दोस्रो मात्रा ३२ दशमलव ६ प्रतिशतले लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


सरकारको राष्ट्रिय खोप विकास कार्यक्रम अन्तर्गत २ करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने योजना थियो । जसमध्ये पहिलो मात्रा ३९ दशमलव ४ प्रतिशतले र दोस्रो मात्रा २९ दशमलव ८ प्रतिशतले खोप लगाइसकेका छन् ।

नेपालमा हालसम्म कोभिडविरुद्धको खोप अन्तर्गत भारतको सिरम इन्स्टिच्युट उत्पादित कोभिशिल्ड खोप, अक्सफोर्डबाट उत्पादित अष्ट्राजेनिका, चिनियाँ खोप भेरोसेल र अमेरिकन खोप जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ । गत वर्ष माघको पहिलो सातादेखि नेपालमा कोभिडविरुद्धको खोप लगाउन थालिएको थियो ।
 


Author

थप समाचार
x