कोभिड-१९

कोभिडबाट २ को मृत्यु,  ५९१ संक्रमित

इकागज |
कात्तिक ११, २०७८ बिहीबार १७:३ बजे

काठमाडौँ- देशभर गरिएको ८ हजार ८ सय ४८ पिसिआर परिक्षणका क्रममा ५ सय २७ जना र २ हजार ५ सय ७ एन्टीजेन परीक्षणका क्रममा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५ हजार ७ सय ७६ पुगेको छ ।

 त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ८२ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै थप ६६४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८९ हजार ७ सय ८९ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल १० हजार २ सय ३६ सक्रिय संक्रमित आइसोलेशन र २१४ जना क्वारेन्टिनमा रहेका छन् । 



Author

थप समाचार
x