कोभिड-१९

३८२८ परीक्षण गर्दा थपिए ४८१ संक्रमित

इकागज |
पुस १२, २०७७ आइतबार १६:४३ बजे

काठमाडौँ : पछिल्लो २४ घण्टामा चार सय ८१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । तीन हजार ८ सय २८ जनाको पीसीआर परीक्षण गर्दा यती संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

योसँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ५८ हजार १ सय ८१ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ६ जना कोभिड संक्रमितको मुत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय २५ जना पुगेको छ ।


मन्त्रालयका अनुसार आइतबार सात सय ३१ जना संक्रमणमुक्त भएका छन् । योसँगै दुई लाख ४९ हजार ८ सय ६३ जना संक्रमणमुक्त भएका छन् । 


 


Author

थप समाचार
x